PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

धेरैपछि जब काठमाडौं रुझ्यो झरीले, हेर्नुस् फोटोमा

धेरैपछि जब काठमाडौं रुझ्यो झरीले, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं झन्डै पाँच महिनापछि वर्षाले रुझेको छ। असोजको बीच यता काठमाडौंमा पानी परेको थिएन। शुक्रवारबाट देशका विभिन्न स्थानमा पानी परे पनि काठमाडौं उपत्यका भने आइतवार दिउँसोमात्र रुझ्यो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार राति देशका विभिन्न स्थानमा हिमपात हुने सम्भावना रहेको छ। 'प्रदेश नं १,वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाका साथै उक्त प्रदेशहरूका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा भनिएको छ। केही दिनको वर्षा र हिमपातपछि काठमाडौंको आकाश खुल्ने र गर्मी शुरु हुने अनुमान गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell