बुटवल : कपिलवस्तु प्रहरीले १६ किलो लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका-९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका छन्।
घर्तीको घरमा लागुऔषध चरेश लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रूपमा खटिएको टोलीले लागुऔषध चरेश बरामद गरेको हो। घर्तीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।