PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

जबर्जस्ती करणी मुद्धामा पल शाहलाई उच्च अदालतले दियो सफाइ, अब थुनामुक्त हुने



पहिलोपोस्ट

जबर्जस्ती करणी मुद्धामा पल शाहलाई उच्च अदालतले दियो सफाइ, अब थुनामुक्त हुने

काठमाडौं : उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहविरुद्धको अभियोग नपुग्ने ठहर गर्दै उच्च अदालत पोखराले सफाइ दिने फैसलासमेत गरेको छ। 

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पलविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । फैसलाको पूर्णपाठ भने आइसकेको छैन। अदालतको यो आदेशसँगै पल थुनामुक्त हुने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell