PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

राष्ट्रपतिमा उम्मेदवार उठाएपछि ८ दलीय गठबन्धनको पहिलो बैठक बालुवाटारमा, के-के विषयमा हुन्छ छलफल?



पहिलोपोस्ट

राष्ट्रपतिमा उम्मेदवार उठाएपछि ८ दलीय गठबन्धनको पहिलो बैठक बालुवाटारमा, के-के विषयमा हुन्छ छलफल?

काठमाडौं : राष्ट्रपतिको निर्वाचनका लागि गठबन्धन गरेका ८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एमाले- माओवादी गठबन्धनलाई फुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १२ गते मात्रै कांग्रेस लगायतका दलसँग गठबन्धन गरेका हुन्। सरकार विस्तार लगायतका विषयमा छलफल गर्न राष्ट्रपतिमा उम्मेदवार उठाएपछि गठबन्धनको पहिलो बैठक बालुवाटारमा सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell