PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा प्रचार प्रसार गर्ने ८ दलको निर्णय



पहिलोपोस्ट

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा प्रचार प्रसार गर्ने ८ दलको निर्णय

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने निर्णय गरेको छ।

राष्ट्रपति निर्वाचनका लागि शुक्रबार मात्रै बनेको नयाँ समीकरणको बैठकले पौडेलका पक्षमा माहोल बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

'राष्ट्रपतिको चुनावका लागि ८ दलले उम्मेदवार उठाएको हुनाले सांसदहरुका बीचमा प्रचारप्रसार गर्नुपर्‍यो भन्ने कुरा भएको छ,' गुरुङले भने।

राष्ट्रपतिमा पौडेललाई जिताउन लाग्नुपर्ने निचोडसहित बैठक सकिएको उनको भनाइ छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो।

एमाले- माओवादी गठबन्धन भत्किएर राष्ट्रपतिको निर्वाचन अघि नयाँ गठबन्धन बनेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell