PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चेल्सीमाथि टोटेनहमको जित



पहिलोपोस्ट

चेल्सीमाथि टोटेनहमको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले चेल्सीलाई हराएको छ। दोस्रो हाफमा ओलिभर स्किप र ह्यारी केनले गोल गर्दा घरेलु टोलीले चेल्सीलाई २-० गोलअन्तरले हराएको हो।

पराजयले चेल्सीका प्रशिक्षक ग्राहम पोटरमाथि थप दवाब बढाएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ घरेलु टोलीले दुबै गोल गरेका थिए। लगत्तै ४६ औं मिनेटमा ओलिभर स्किपले टोटेनहमलाई अग्रता दिलाए। ८४ औं मिनेटमा ह्यारी केनले गोल थप्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ चेल्सीले गोल फर्काउन नसक्दा टोटेनहमले खेल २-० गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै टोटेनहम २५ खेलबाट ४५ अंक जोड्दै तालिकाको चौथो स्थानमा कायम छ। अर्कोतर्फ लिगमा संघर्ष गरिरहेको २४ खेलबाट ३१ अंक जोडेको चेल्सी तालिकाको १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell