PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पारबहान सन्धि कार्यान्वयनको दिशामा लान्झोउ, सुख्खा बन्दरगाहबाट नेपालका लागि छुट्यो फ्रेट ट्रेन



विधुर ढकाल

पारबहान सन्धि कार्यान्वयनको दिशामा लान्झोउ, सुख्खा बन्दरगाहबाट नेपालका लागि छुट्यो फ्रेट ट्रेन
Photo: gansuci.com

सांघाई: चीनको उत्तर-पश्चिम प्रान्त कान्सुबाट दक्षिण एसियाका लागि पहिलो फ्रेट ट्रेन छुटेको छ। कान्सु प्रान्तको न्यू इन्टरनेशनल ल्याण्ड-सी ट्रेड करिडोर हुँदै फ्रेट ट्रेन नेपालका लागि छुटेको हो। मिक्स मोडेलबाट यो ट्रेनमा रहेका सामाग्री काठमाडौं पुग्नेछन्। लान्झोउ सुख्खा बन्दरगाहबाट डोंगचुआन रेलवे फ्रेट सेन्टरबाट रेल बाहिरिएको हो। यस रेलमा रहेका कन्टेनरले तीन हजार १७५ किलोमिटरको यात्रा गर्ने छन्। 

फ्रेट ट्रेनमा करिब १९.६ मिलियन चिनियाँ युआन बराबरको सामाग्री रहेको छ। विशेगरी यसबाट कार, बेभरेज, कपडाहरु रहेको बताइएको छ। यो फ्रेट ट्रेन सातामा दुई दिन छुट्ने कान्सुको स्थानीय समाचार संस्थाले जनाएको छ। 

नेपाल दक्षिण एशियामा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) निर्माणमा चीनको महत्वपूर्ण साझेदार हो। लान्झोउ पश्चिममा नयाँ ल्याण्ड-सी करिडोर मार्फत लान्झोउ सुक्खा बन्दरगाह बाहिरी बाहिरी विश्वसँग जोडिएको छ। चीन सरकारले नेपाललाई प्रान्दान गरेको अन्तरदेशीय बन्दरगाहमध्ये लान्झोउ पनि एक हो। चीन र नेपालबीच २०१६ मा पारवहान सन्धिमा हस्ताक्षर भएको थियो। सोही अनुसार २०१८ मा सन्धिको प्रोटोकलमा सहमति जुटेको थियो। सो अनुसार नेपालले चीनका चार सामुन्द्रिक र तीन सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने सहमति भएको थियो। जसमध्ये लान्झोउ पनि एक हो। 

लान्झोउबाट छुटेको यो फ्रेट ट्रेन दक्षिण एशियाका लागि पहिलोपटक छुटेको अन्तर्राष्ट्रिय रेल सार्वजनिक रेलवे इन्टरमोडल यातायात प्रदर्शन परियोजनाको पहिलो ब्याच हो।  

एल्लो नदीको किनारमा अवस्थित लान्झोउ सहर उत्तरी सिल्क रोडको मुख्ख  लिंक पनि हो। यो शहर औद्योगिक तथा पेट्रोकेमिकल उद्योगका लागि प्रख्यात छ।

चीनको अन्तर्राष्ट्रिय ल्यान्ड पोर्टले उत्तर पश्चिम चीनलाई दक्षिण तथा दक्षिण पूर्वी एसियाका महत्वपूर्ण मानिन्छ। यही पोर्ट भएर भारतले नाकाबन्दी लगाउँदा नेपालका लागि चिनियाँ रेल छुटेको थियो सन् २०१६ को मेमा। यही बन्दरगाह हुँदै नेपालसम्म सन् २०१६ मा १४ बिलियनभन्दा बढीको सामाग्री भित्रिएको थियो।

यो बन्दरगाह काठमाडौंदेखि ३०५१ किलोमिटरको दूरीमा छ। यो रुटमा हाल २४३२ रेलमार्ग र बाँकी सडकमार्ग पर्छ। नेपालसम्म पहुँचका लागि रेलवे र सडकमार्गको प्रयोग हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell