PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

नवलपुरको थारु होमस्टेबाट सौराहाको जंगल सफारीको मज्जा

नवलपुरको थारु होमस्टेबाट सौराहाको जंगल सफारीको मज्जा

रिना थापा/पहिलोपोस्ट


पोखरा : सौराहा र चितवन राष्ट्रिय निकुन्ञ पर्याय हुन्। घुमघामका लागि सौराहा चर्चित छ। निकुञ्जमा जंगल सफारी भनेपछि सौराहाको नाम नआउने कुरै भएन। धेरैलाई थाहा नहुन सक्छ तर, जंगल सफारीको आनन्द सौराहाबाट मात्र नभई नवलपुरबाट पनि उठाउन सकिन्छ।

गण्डकी प्रदेशमा पर्ने नवलपुरको कावासोती नगरपालिकाबाट जंगल सफारीको मज्जा लिन सकिन्छ। कावासोती १० अमलटारी होमस्टे चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।

थारु र मुसहर जातिको बस्ती रहेको मध्यवर्ती क्षेत्रमा थारु होमस्टे चल्तीमा छ। अमलटारी पुगेपछि थारु समुदायको संस्कृतिसँगै जंगल सफारीमा रमन सकिन्छ।

पर्यटकको न्यून उपस्थितिका कारण शान्त वातावरण हुँदा यस क्षेत्रबाट जंगली जनावरको दृश्य सहज रुपमा हेर्न पाइन्छ। एक सिंगे गैँडा, मृग, मयुर नजिकैबाट हेर्न पाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell