PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा



पहिलोपोस्ट

मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा
फोटो : बागमती गाउँपालिका

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ। आइतवार बसेको कार्यपालिकाको बैठकले फाल्गुन १५ र १६ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

१५ गते सोमवार मगर समुदायको ४१औँ स्थापना दिवस र १६ गते मंगलवार माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको अध्यक्ष सर्केश घलानले जानकारी दिए। सार्वजनिक बिदाको दिन पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell