PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

लिग लिडर बार्सिलोना पराजित



पहिलोपोस्ट

लिग लिडर बार्सिलोना पराजित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना पराजित भएको छ। स्टेडियो मेडिटेरानेओमा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली अल्मेरियासँग पराजित भएको हो।

बार्सिलोनामाथि जित निकाल्न एल बिलाल टौरेले २४ औं मिनेटमा निर्णायक गोल गरे। पराजयसँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता बनाउने अवसरबाट चुकेको छ। अर्कोतर्फ बार्सिलोनालाई हराएको अल्मेरिया रेलिगेसन क्षेत्रबाट माथि उठेको छ।

बार्सिलोना २३ खेलबाट ५९ अंक जोड्दै शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले समान खेलबाट ५२ अंक जोडेको छ। अल्मेरिया भने २५ अंक जोडेर तालिकाको १५ औं स्थानमा उक्लिएको छ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा जिरोनाले एथ्लेटिको बिल्बाओलाई ३-२ गोलअन्तरले हराउँदा सेल्टा भिगोले रियल भालाडोलिडलाई ३-० र ओसासुनाले सेभियालाई ३-२ गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell