PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

लगातार तेस्रो जितको खोजीमा हङकङसँग खेल्दै नेपाल



पहिलोपोस्ट

लगातार तेस्रो जितको खोजीमा हङकङसँग खेल्दै नेपाल
तस्बिर: क्यान

काठमाडौँ: नेपाली यू १९ क्रिकेट टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। यूएईस्थित मलेक क्रिकेट ग्राउण्ड सवा ११ बजे यु १९ विश्वकप एसिया छनोट अन्तर्गतको यो खेल सुरु हुनेछ।

नेपालले प्रतियोगितामा यसअघि दुई खेल खेलेर दुबैमा जित निकालेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई हराएको थियो। नेपालले सिंगापुरमाथि ९६ र कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो।

अर्कोतर्फ हङकङले दुई खेल खेल्दा एउटामा जित र अर्कोमा पराजय ब्यहोरेको छ। पहिलो खेलमा कुवेतलाई १ विकेटले हराएको हङकङले दोस्रो खेलमा यूएईसँग १६३ रनको पराजय ब्यहोरेको थियो।

अंकतालिकामा नेपाल २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ। शीर्षस्थानमा समान खेलबाट समान अंक जोडेको यूएई छ। तेस्रो र चौथो स्थानमा समान २ अंक जोडेका सिंगापुर र हङकङ छन् भने पाँचौँ र छैटौँ स्थानमा जितविहीन मलेसिया र कुवेत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell