PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ।

चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो।

त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो। यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको छ।

अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell