PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

सिंहदरबारको क्यान्टीनमा आकस्मिक अनुगमन : म्याद सकिएका खानेकुरा भेटिएपछि ३ लाख जरिबाना



पहिलोपोस्ट

सिंहदरबारको क्यान्टीनमा आकस्मिक अनुगमन : म्याद सकिएका खानेकुरा भेटिएपछि ३ लाख जरिबाना

काठमाडौं : सिंहदरबार परिसरभित्रको केन्द्रीय क्यान्टीनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ। क्यान्टीनमा विभागले आइतवार आकस्मिक अनुगमन गरेको हो।

विभागका बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टीनमा म्याद सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि  टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ।

साथै, उक्त क्यान्टीन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हितविपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिबाना गरिएको समेत विभागले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell