PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

एक वर्ष कारागार बसेर रिहा भए पल शाह



पहिलोपोस्ट

एक वर्ष कारागार बसेर रिहा भए पल शाह
फोटो : गोपीकृष्ण चापागाईँ।

काठमाडौं : कलाकार पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन्। पक्राउ परेको एक वर्षपछि उनी जिल्ला कारागार तनहुँबाट सोमवार रिहा भएका छन्।

गएको वर्ष फागुन १५ गते शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतवार उच्च अदालत पोखराले शाहविरुद्ध अभियोगमा दाबी नपुग्ने ठहर गरेको थियो । जबर्जस्ती करणी अभियोगमा शाहविरुद्धको अभियोग नपुग्ने ठहर गर्दै उच्च अदालत पोखराले सफाइ दिने फैसलासमेत गरेको छ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पलविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो। अदालतको आदेशअनुसार सोमवार प्रकृया पुरा गरेर रिहा भएका हुन्। उनी रिहा हुँदा कारागारअगाडि सर्वसाधरणको भिड लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell