PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, 'प्रधानमन्त्रीले हाम्रा मन्त्रीलाई विना विभागीय मन्त्री बनाउने भनेपछि बाहिरियौं'



पहिलोपोस्ट

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो, 'प्रधानमन्त्रीले हाम्रा मन्त्रीलाई विना विभागीय मन्त्री बनाउने भनेपछि बाहिरियौं'

काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका तर्फबाट परराष्ट्रमन्त्री रहेकी विमला पौडेलको जेनेभा भ्रमण रोकेपछि एमालेको बैठक बसेको थियो।

पुस १० गते सरकारमा सहभागी भएको एमाले दुई महिनामा बाहिरिएको हो। राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले एमालेसँगको गठबन्धन भत्काएर नेपाली कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो। 

'राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निष्कर्षमा पुग्नु भयो। हामीले राष्ट्रपतिको निर्वाचनमा सहकार्य हुन नसके पनि सरकारमा रहेर काम गर्ने सोचमा थियौं। पछिल्ला दिनमा नेकपा एमाले र समग्र सन्दर्भमा जुन व्यवहार गर्नुभयो त्यसले हामी सरकारबाट बाहिरने निर्णमा पुगेका हौं,' उनले भने। 

सरकारबाट स्वेच्छाले नहटेपछि प्रचण्डले एमालेका मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाउने बताएपछि एमाले सरकारबाट बाहिरिएको पौडेलले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell