PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मध्य फागुन भइसक्यो मनाङमा अझै परेन हिउँ



पहिलोपोस्ट

मध्य फागुन भइसक्यो मनाङमा अझै परेन हिउँ
FILE PHOTO

काठमाडौं : हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन। विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ।

फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताए।

'डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको छैन', उनले भने।

माथिल्लो मनाङमा आंशिक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का ओम बहादुर गुरुङले बताए।

'विगतका वर्षमा हिउँले डाँडाकाँडा र भिरपाखा सेताम्मे ढाकिएका हुन्थे, तर यसवर्ष भने आंशिक मात्रामा देखिएको छ', उनले भने।

मनाङको माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो क्षेत्रमा हिमपात हुन सकेको छैन। यसको असर कृषि क्षेत्रमा परेको भन्दै कृषकहरु चिन्तित छन्। यहाँ फापर, करु, जौ, स्याउलगायत उत्पादन हुनेगरेकामा पर्याप्त पानी नपुग्दा उत्पादन घट्ने सम्भावना देखिएको ताचैका कृषक सोलबहादुर गुरुङले बताए।

मनाङमा कात्तिकको अन्तिम सातादेखि हिमपात हुनुपर्नेमा हालसम्म हुन सकेको छैन। फागुन मध्यमा पुग्दासम्म पर्याप्त हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषक उत्पादन घट्ने भन्दै चिन्तित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell