PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

फुटबल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा जब दर्शकहरुले मैदानमा फाल्न थाले खेलौना...

फुटबल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा जब दर्शकहरुले मैदानमा फाल्न थाले खेलौना...

पहिलोपोस्ट /पहिलोपोस्ट


आइतवार राति टर्किस सुपर लिग अन्तर्गत फुटबल खेल हुँदै थियो। बेसिकतास र एन्तालयार्पोरबिच खेल भइरहेको थियो। खेल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा फुटबल खेल रोकियो। स्टेडिममा रहेका दर्शकहरुले मैदानमा खेलौना फाल्न थालेपछि खेल रोकिएको थियो।

टर्कीए र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पका कारण मृत्यु भएका र विस्थापित भएका बालबालिकाप्रति सहभानुभूति जनाउँदै मैदानमा खेलौना फालिएको थियो। सो खेल गोल रहित बराबरीमा सकिएको थियो।

इस्टानबुल फुटबल क्लब बेसिकतासका समर्थकहरुले खेलौना फालेका थिए। टर्कीएमा फेब्रुअरी ६ मा स्थानीय समय अनुसार ४ बजेर १७ मिनेटमा भूकम्प गएको थियो। त्यसैको सम्झनामा खेल सुरु भएको ४ मिनेट १७ सेकेन्डमा मैदानमा खेलौना फालिएको थियो। त्यसपछि खेलाडी र मैदानमा रहेका कर्मचारीले खेलौना उठाएका थिए। दर्शकहरुले ठूला ठूला खेलौना मैदानमा फालेका थिए।

बेसिकतासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'हाम्रा समर्थकहरुले सर्काफ, खेलौना भोडाफोन पार्कको मैदानमा फाले। उनीहरु भूकम्प गएको क्षेत्रका बालबालिकासम्म ती सामाग्री पुगोस् भन्ने चाहन्छन्।'

टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघिसकेको छ। भूकम्पका कारण लाखौं विद्यार्थी प्रभावित भएका छन्। युद्धग्रस्त सिरियामा बालबालिकालाई थप चुनौती थपिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युनिसेफले भूकम्प पीडित बालबालिकाका लागि सहयोग माग गरेको छ।

तस्विरहरु :AP / Anadolu Agency



ट्रेन्डिङ पोस्ट

Ncell