PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

पपुवा न्युगिनीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य, गुलसनले लिए ३ विकेट



पहिलोपोस्ट

पपुवा न्युगिनीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य, गुलसनले लिए ३ विकेट
फाइल फोटो

काठमाडौँ: पपुवा न्युगिनीले नेपाली क्रिकेट टोलीलाई २ सय ४ लक्ष्य प्रस्तुत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको जारी खेलमा पपुवा न्युगिनीले नेपाललाई २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनायो। जसका लागि कप्तान असद भाला र चाड सोपरले समान ३६ रन बनाउँदा सेसे बाउले ३१, किप्लिङ डोरिगाले २९ र नोर्मन भउनाले २५ रन बनाए।

बलिङतर्फ नेपालका गुलसन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका प्रतिश जिसीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

खराब लयमा रहेको पीएनजी लिग २ का पछिल्ला ६ खेलमा लगातार पराजित भएको छ। अर्कोतर्फ नेपाल पछिल्ला ४ खेलमा विजयी भएको छ। तर, पीएनजीविरुद्धको पछिल्लो दुई एकदिवसीय खेलमा भने नेपाल पराजित भएको थियो।

नेपाली टोली आजको खेलमा जितको दबाबमा हुनेछ। लिग २ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको अझै तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना जीवित छ।

अर्कोतर्फ पुछारमा रहेको पीएनजीको शीर्ष पाँचमा पर्ने सम्भावना पनि टरिसकेको छ। नेपालले २८ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहँदा पीएनजी समान खेलबाट ५ अंक जोड्दै तालिकाको पुछारमा छ।

कोको छन् नेपालको प्लेइङ ११ मा?

कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, सोमपाल कामी, करण केसी, गुलसन झा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell