PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा, कार्यकाल डेढ महिना मात्रै



पहिलोपोस्ट

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा, कार्यकाल डेढ महिना मात्रै

काठमाडौं : नेकपा (एमाले)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार बाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, परराष्ट्रमन्त्री विमला पौड्याल, रक्षा मन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले राजीनामा बुझाएका हुन्।

एमालेको सचिवालयको सोमवारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। 

पुस ११ गते पौडेल, साहा र भण्डारीले मन्त्रीको शपथ लिएका थिए भने गिरी, चौधरी, उप्रेती र पौडेलले माघ ३ गते शपथ लिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell