PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सन्दीप लामिछाने पुनः थुनामा बस्नु नपर्ने, विदेश जान पनि पाए अनुमति



पहिलोपोस्ट

सन्दीप लामिछाने पुनः थुनामा बस्नु नपर्ने, विदेश जान पनि पाए अनुमति

काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ। 

सोमबार न्यायधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उच्च अदालतको आदेश सदर गरेको हो। अदालतले लामिछानेलाई विदेश खेल्न जाने अनुमति पनि दिएको छ। उच्च अदालतले लामिछानेलाई देशबाहिर जान रोक लगाएको थियो। सर्वोच्चले स्थान हदको प्रतिबन्ध हटाउने आदेश गरेको हो। 

उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको थियो। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

उच्च अदालतको फैसला विरुद्ध सरकारी वकिल सर्वोच्च अदालतमा पुगेको थियो।  दुबईमा भइरहेको लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा सहभागी हुन पाउँ भन्दै सन्दीपले निवेदन दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell