PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

‘बहाव’को ट्रेलरमा सुरक्षाले परिवारभित्रै गरेको विद्रोह



पहिलोपोस्ट

‘बहाव’को ट्रेलरमा सुरक्षाले परिवारभित्रै गरेको विद्रोह

काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजिक कार्यक्रमबिच सार्वजनिक भएको ट्रेलरले विद्रोहको कथा भन्छ।

‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई मुख्य थिम बनाएको फिल्मको ट्रेलर सुरक्षा वरिपरि घुमेको छ। जहाँ सुरक्षालाई विद्रोही पात्रको रुपमा देखाइएको छ। फरक विचारधारा हुँदा परिवारमा आएको असमझदारी र द्वन्द्वको कथालाई ट्रेलरले समेटेको छ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको यो फिल्म आगामी चैत २४ गतेबाट प्रदर्शन हुनेछ। फिल्ममा सुरक्षाका साथै कमलमणि नेपाल, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ।

फिल्ममा जोडिनु सुखद क्षण भएको सुनाउँदै सुरक्षाले भनिन्, ‘कुनै फिल्म आउँछन्, जान्छन्, तर यो फिल्मका लागि मेरो बुझाइ फरक छ। किनकी यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ। बहाव परिवार भित्रको विद्रोहको कथा हो। यसको कथा मेरो परिवारसँग पनि मिल्छ। साथै, फिल्मले नेपालको अधिकांश परिवारको कथा भन्छ।’

लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए। त्यस्तै, निर्माता श्रीधर पौडेलले कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको बताए।

श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell