PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ट्र्याक्टर दुर्घटना हुँदा नवलपरासीमा एक बालकको मृत्यु



रासस

ट्र्याक्टर दुर्घटना हुँदा नवलपरासीमा एक बालकको मृत्यु
फोटो : रासस।

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गएराति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ। विनयी त्रिवेणी गाउँपालिका-४ देउराली-सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी-४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell