PahiloPost

May 14, 2025 | १ जेठ २०८२

छाप्रोमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु



रासस

छाप्रोमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु

लमजुङ : लमजुङको दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ। गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त भएका कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन्। दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell