PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बुडाल मृत्यु प्रकरण : सँगै वनभोज गएका १२ जना पक्राउ



पहिलोपोस्ट

बुडाल मृत्यु प्रकरण : सँगै वनभोज गएका १२ जना पक्राउ

काठमाडौं : बैतडीमा दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका-४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए। उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ। बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले शव बुझ्न मानेका छैनन्। राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए। शनिबार आफ्नो घर दशरथचन्द-१० खडेनीबाट वनभोज मनाउने भन्दै उनी ११ साथीसँग म१ज २२२ नंको जिपमा चौलानी किनार गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell