PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचार संहिता भोलिदेखि लागू हुने, क-कसले गर्नुपर्छ पालना?



पहिलोपोस्ट

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचार संहिता भोलिदेखि लागू हुने, क-कसले गर्नुपर्छ पालना?

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता फागुन १७ देखि लागू हुने भएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको आचार संहिता लागू गर्ने आयोगले निर्णय गरेको हो। 

फागुन १३ गतेका लागि तोकिएको मनोनयमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न कार्यतालिका छ।

आचार संहिता क कसलाई हुन्छ लागू?

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन आचार संहिता संघ र प्रदेशका मन्त्री, सरकारकी कर्मचारी, सुरक्षा निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्थालाई आचारसंहिता लागू हुनेछ।

उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल, सञ्चार माध्यमका हकमा पनि आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell