PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत माग्दै कांग्रेसले सबै दललाई पठायो पत्र



पहिलोपोस्ट

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत माग्दै कांग्रेसले सबै दललाई पठायो पत्र

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए।

यसैगरि, नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell