PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भारतको केरलामा मन्दिरमा पूजा गर्न रोबोट हात्तीको प्रयोग



पहिलोपोस्ट

भारतको केरलामा मन्दिरमा पूजा गर्न रोबोट हात्तीको प्रयोग
Photo : Peta

भारतको केरलाको एक मन्दिरमा दैनिक पूजा कर्म गर्न 'रोबोट' हात्तीको प्रयोग गरिएको छ। जिउँदो हात्तीको प्रयोग नगरी पूजा अर्चना गर्न 'हात्तीनुमा रोबोट' प्रयोगमा ल्याइएको हो।

त्रिशुल जिल्लाको इरिंजाडापिलीस्थित श्री कृष्ण मन्दिरमा रोबोट हात्ती प्रयोग गरिएको हो। मन्दिर प्रशासनले कुनै पनि चाडपर्वमा जिवित पशुको उपयोग गर्न रोक लगाउने निर्णय गरेको छ। जस अनुसार रोबोट हात्ती पनि प्रयोगमा ल्याइएको हो।

पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) र मलयालम फिल्मकी अभिनेत्री पार्वती तिरुवोतु मिलेर मन्दिरलाई रोबोट हात्ती दान दिएका हुन्। धार्मिक उत्सवमा जनावरमाथि गरिने क्रुरता बन्द गर्न प्रोत्साहित गर्न यो कदम उठाइएको हो। यसअघि मन्दिरमा फलामे पाशले बाँध्ने गरिन्थ्यो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell