PahiloPost

May 15, 2025 | २ जेठ २०८२

कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, फनपार्क भाडा प्रकरणका १४ मध्ये ५ प्रतिवादीलाई सफाइ 



पहिलोपोस्ट

कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, फनपार्क भाडा प्रकरणका १४ मध्ये ५ प्रतिवादीलाई सफाइ 

काठमाडौंः विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा बहालवाला सांसद टेकबहादुर गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको छ। मनाङबाट नेपाली कांग्रेसबाट निर्वाचित गुरुङसमेत ९ जनालाई अदालतले कसुर ठहर गरेको हो। यस्तै, सोही प्रकरणमा जोडिएका तत्कालीन मन्त्री बद्री न्यौपानेलाई पनि अदालतले दोषी ठहर गरेको छ। 

अदालतले सजाय निर्धारणका लागि फागुन २५ गतेको पेसी तोकेको छ।  

१४ प्रतिवादीमध्ये गुरुङ तथा न्यौपानेसहित, प्रमोद मेहता, कुञ्जविहरीप्रसाद चौधरी, रविन्द्र कुमार यादव, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, रवीन्द्र गुरुङ र मदनप्रसाद रिमाललाई अदालतले दाषी ठहर गरेको हो। रवीन्द्र सांसद गुरुङका छोरा हुन्। 

यस्तै, अदालतले रत्नबहादुर गाहा मगर, मदनप्रसाद रिमाल, बलबहादुर स्वाँर, प्रेमसिंह धामी र जगदेव चौधरीलाई सफाइ दिएको छ। धामी र चौधरी कानुन व्यवसायी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell