PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु



पहिलोपोस्ट

ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु
Photo: REUTERS

उत्तरी ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौं घाइते भएको ग्रीसका आपतकालीन सेवाहरूलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

मंगलवार साँझ लारिसा सहर नजिकै भएको दुर्घटनाका कारण घाइते यात्रुहरूको उद्धारमा उद्धारकर्ताहरू लागिरहेका छन्। यात्रुवाहक रेल र मालबाहक रेल ठोक्किएर सो दुर्घटना भएको बताइएको छ।

घटनास्थलमा १७ वटा दमकल आगो निभाउने प्रयासमा रहेको अग्नि नियन्त्रण शाखाले जनाएको छ। के कारणले उक्त दुर्घटना भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

यात्रुवाहक ट्रेन थेसालोनिकी र लारिसाबिच यात्रा गरिरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell