PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

विदेशबाट पठाएको पैसा अब आइएमई पे वालेटमै प्राप्त गर्न सकिने



पहिलोपोस्ट

विदेशबाट पठाएको पैसा अब आइएमई पे वालेटमै प्राप्त गर्न सकिने

काठमाडौं : आइएमई पे र सिटी एक्स्प्रेसबिच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकले सिधै आइएमई पे वालेटबाट दाबी गरी भुक्तानी पाउने छन्।

सम्झौताले ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झटबिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको विज्ञप्तिमा उल्लेख छ।

यो सुविधा केही समयपछि लाइभ हुनेछ। लाइभपछि रेमिटेन्स वालेटमै प्राप्त हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell