PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपालको अहिलेसम्मको उच्च विद्युत माग १७४८ मेगावाट, प्रतिव्यक्ति कति खपत भयो?



पहिलोपोस्ट

नेपालको अहिलेसम्मको उच्च विद्युत माग १७४८ मेगावाट, प्रतिव्यक्ति कति खपत भयो?

काठमाडौं : नेपालको अहिलेसम्मको उच्च विद्युत माग (पिक डिमाण्ड) १७४८ मेगावाट पुगेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अहिलेसम्म विद्युतको उच्च माग १७४८ मेगावाट रेकर्ड भएको हो।

गएको जाडोमा घरायसी सामानहरुको प्रयोग बढ्दा विद्युतको माग बढेर १७४८ मेगावाट पुगेको थियो। जडित क्षमता २४३० मेगावाट पुगेको छ।

विद्युतको कुल माग ११०६४ गिगावाट आवर रहेको छ। सोमवार साँझको पिक डिमाण्ड १६८५ मेगावाट रहेको छ। यो पिक डिमाण्ड पूरा गर्नका लागि भारतबाट करिब ४५० मेगावाट औसतमा आयात भइरहेको छ।

नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका रहेका कारण सुख्खा याममा ३२ देखि ३५ प्रतिशत मात्रै उत्पादन हुन्छ। सोही कारण भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

सन् २०२६ मा नेपाल विद्युतमा सुख्खायाममा पनि आत्मनिर्भर हुने प्रक्षेपण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनका अनुसार बर्षेनी ८०० मेगावाट विद्युत प्रणालीमा थपिने अनुमान छ।

विद्युत उपभोक्ता संख्या ४७ लाख ७० हजार घरधुरी अर्थात ९६.५ प्रतिशत पुगेको छ। करिब डेढ बर्षमा शतप्रतिशत विद्युतीकरण गरिसक्ने लक्ष्य लिइएको घिसिङको दाबी छ। त्यसैका लागि अहिले काम भइरहेको उनको भनाइ छ।

प्राधिकरणका अनुसार प्रतिव्यक्ति विद्युत खपत ३०० किलोवाट प्रतिघण्टा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell