PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित ३ दिनपछि पक्राउ



पहिलोपोस्ट

प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित ३ दिनपछि पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित ३ दिनपछि पक्राउ परेका छन्। आइतवार साँझ करिब ७ बजे धनुषाको शहीदनगर नगरपालिका-३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा हाम फालेर भागेका सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मंगलवार राति करिब सावा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका १ ईनर्वास्थित भारतीय सीमानजिकबाट भारततर्फ जानको लागि लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।

यस्तै, फागुन ५ गते जबरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरि लैजादै गर्दा थुनुवा भागेको घटनामा गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell