PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

आइसीसीले स्वीकृति नदिँदै सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी



पहिलोपोस्ट

आइसीसीले स्वीकृति नदिँदै सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी
फाइल फोटो

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजका बाँकी तीन खेल खेल्न सन्दीप लामिछानेलाई आज युएई पठाउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले गरेको छ। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले लामिछानेलाई आज यूएई पठाउने तयारी भएको बताए।

'आजै पठाउने भनेर हामी तयारी गरिरहेका छौं,' पाठकले भने, 'आईसीसीसँग कुरा गरिरहेका छौं। खेलाडी रिप्लेसमेन्टका लागि कुरा भइरहेको छ। उता पहल पनि गरिरहने र यताबाट पठाउने भन्ने हाम्रो तयारी हो।'

उनले १६ जनाको रजिस्ट्रेसनमा लामिछाने भएको भन्दै बाँकी कुरा अगाडि बढिरहेको बताए।

बालिका बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गरिएपछि उनी क्रिकेट राष्ट्रिय टोलीमा फर्किएका थिए।उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

लामिछानेले १०० दिन थुनामा बसेर फर्किएर नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको क्रिकेट सिरिजबाट खेलमा पुनरागमन गरेका थिए। जमानतमा रिहा भएका उनलाई नेपाल बाहिर जान प्रतिबन्ध लगाइएको थियो। जसकारण उनी युएई जान पाएका थिएनन्।

सन्दीपले खेल्न देश बाहिर जाने अनुमति माग्दै निवेदन दिएकोमा सर्वोच्चले उनलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडि नबढाउन र १५ दिनमा फर्किने गरि देश जान पाउने आदेश दिएको थियो। उच्च अदालतको फैसला विरुद्ध सरकारी वकिल सर्वोच्च अदालतमा पुगेको थियो। जसमा सर्वोच्चले सन्दीपको पक्षमा फैसला सुनाएको थियो। सर्वोच्चको यो फैसलाको आलोचना पनि भइरहेको छ।

 यूएईमा नेपालले बिहीवार घरेलु टोली यूएईसँग, शुक्रवार पपुवान्युगिनीसँग र सोमवार फेरी यूएईसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell