PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'फादर अफ मोर्डन लागोस्' बोला तिनुबु नाइजेरियाको राष्ट्रपतिमा निर्वाचित



पहिलोपोस्ट

'फादर अफ मोर्डन लागोस्' बोला तिनुबु नाइजेरियाको राष्ट्रपतिमा निर्वाचित
Photo : AP

नाइजेरियाको राष्ट्रपति पदमा बोला तिनुबु विजयी भएका छन्। 'फादर अफ मोर्डन लागोस्' भनेर चिनिने तिनुबुले अतिकु अबुबेकार र पिटर ओबीलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

तिनुबुले लागोसको गर्भनर भएर दुई कार्यकाल काम गरिसकेका छन्। उनलाई नाइजेरियाको इतिहासको सबैभन्दा प्रभावशाली 'पोलिटिकल गडफार्डर' भनेर समेत लिने गरिन्छ।  

तिनुबुले ८० लाख ८० हजार मत ल्याउँदा अतिकुले ६० लाख ९० हजार र पिटरले ६० लाख १० हजार मत ल्याए।

निर्वाचित भएपछि तिनुबुले आफू जनताको 'म्यान्डेट' अनुसार उनीहरुको सेवा गर्न तयार रहेको बताएका छन्। उनको विजयीसँगै समर्थकहरुले 'जगबन' भन्दै नारा लगाएका थिए। सो उपमा त्यहाँका स्थानीय प्रमुखलाई दिने गरिन्छ।

तिनुबुले आफूसँग राष्ट्रपतिय निर्वाचनमा प्रतिस्पर्धामा रहेका नेताहरुलाई सँगै मिलेर देश हितमा काम गर्न आग्रह गरेका छन्।

'हामी सबै मिलेर यो देश बनाउनु पर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell