PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सुन तोलामा ५०० रुपैयाँ बढ्यो, प्रतितोला १ लाख २ हजार ३०० पुग्यो



पहिलोपोस्ट

सुन तोलामा ५०० रुपैयाँ बढ्यो, प्रतितोला १ लाख २ हजार ३०० पुग्यो

काठमाडौं : बुधबार सुनचाँदीको मूल्य पुनः बढेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको छ।

मूल्य घट्ने क्रममा 'ब्रेक' लाग्दै बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत आइतबार तोलाको १ लाख २ हजार रहेको सुन सोमबार २ सय घटेर कारोबार मूल्य कायम भएको थियो। सोमबार कायम तोलाको १ लाख १ हजार ८ सयमा मंगलबार स्थिर रहेर कारोबार भएको थियो।

चाँदी बुधबार प्रतितोला १२ सय ७० रुपैयाँ पुगेको छ। सोमबार र मंगलबार प्रतितोला १२ सय ५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १८१४.१७ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १८३१.३९ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि प्रतिऔंस २०.६४ डलरबाट बढेर २१.०९ डलर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell