PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

शिवपुरी राष्ट्रिय निकुञ्जमा मृत भेटिएकी महिलाको सनाखत हुन सकेन



पहिलोपोस्ट

शिवपुरी राष्ट्रिय निकुञ्जमा मृत भेटिएकी महिलाको सनाखत हुन सकेन

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय निकुञ्जमा भेटिएको शवको सनाखत हुन सकेको छैन।

फागुन ५ गते साँझ घोप्टो परेको अवस्थामा अन्दाजी ४० वर्षीय महिलाको शव भेटिएको थियो। प्रहरीले अहिलेसम्म महिलाको सनाखत गर्न सकेको छैन। कसैको आफन्त हराएको भए र हुलिया मिलेको खण्डमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

कालो लामो कपाल भएको, दाहिने हातमा रातो रङको चुरा, कालो फित्ता भएको फिक्का पहेँलो रङ्गको चप्पल, रातो रङको कुर्था सुरुवाल र फिक्का हरियो रङमा पहेँलो फुल बुट्टा भएको स्विटर लगाएको हुलिया रहेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell