PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अमेरिकी नागरिकलाई ठगेर 'स्विफ्ट'बाट नेपालमा रकम डिपोजिट गर्थे पृथ्वीबहादुर शाह, बीमादेखि घरजग्गामा लगाउँथे रकम



सविन ढकाल

अमेरिकी नागरिकलाई ठगेर 'स्विफ्ट'बाट नेपालमा रकम डिपोजिट गर्थे पृथ्वीबहादुर शाह, बीमादेखि घरजग्गामा लगाउँथे रकम

काठमाडौं : शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वी बहादुर शाहविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाएको छ। अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको व्यूरोका प्रवक्ता सञ्जय थापाले बताए।

प्रहरीले आज एक पत्रकार सम्मेलन गरि उनको ठगी धन्दाबारे जानकारी दिएको हो। शाहले ५६ जना अमेरिका नागरिकसँग ठगी गरेको खुलेको छ। उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका छन्। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।

शाहले ठगी गरि 'स्विफ्ट' मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ।

उनले सो रकम नेपालका विभिन्न बैंकमा 'डिपोजिट' गरेका थिए। बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर 'होल्ड' मा राखेको छ। उनको खातामा ३६ करोड,८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छ।  

उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ।  शाहले गैरकानुनी रुपमा रकम नेपाल भित्राएर विभिन्न कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी खडा गरेको प्रहरीले जनाएको छ। उनले सो रकम घरजग्गा किन्ने, सुन किन्न र बीमामा समेत लगानी गरेको खुलेको छ।

प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ। प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा ७ जना पक्राउ परेका छन् भने १३ जनाको खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell