PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सडकमा तरकारी फाल्दै अनेरास्ववियुको नारा : प्रचण्डको रङ्गदेखि छेपारो नि डरायो

सडकमा तरकारी फाल्दै अनेरास्ववियुको नारा : प्रचण्डको रङ्गदेखि छेपारो नि डरायो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारले भारतबाट आउने तरकारीमा विषादी परीक्षण रोक्ने निर्णय गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ।

त्रिचन्द्र क्याम्पस बाहिर विद्यार्थीहरुले सडकमा तरकारी फालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेका प्रधामन्त्री प्रचण्डले आफ्नो रङ्ग फेरिरहेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले किसानलाई राहत दिन, भारतीय तरकारीमा अनिवार्य विषादी परीक्षण हुनुपर्ने माग राखेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell