PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रदेश १ को नाम के? : 'कोसी' राख्न चार दल सहमत, प्रदेशसभा बैठकमा हुँदैछ छलफल



अनन्तराज न्यौपाने

प्रदेश १ को नाम के? : 'कोसी' राख्न चार दल सहमत, प्रदेशसभा बैठकमा हुँदैछ छलफल

विराटनगर : प्रदेश नम्बर १ को नामाकरण गर्न प्रदेश सभाको बैठक सुरु भएको छ। चार मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच प्रदेशको नाम ‘कोसी प्रदेश’ राख्ने सहमति जुटेपछि बैठक सुरु भएको हो।

प्रदेश सभामा इलामबाट एमालेका प्रदेश सांसद रामबहादुर मगरले प्रदेशको नामकरण 'कोसी' गरियोस् भनी प्रस्ताव गरेका छन्।

उनको प्रस्तावमा संखुवासभाका विदुर लिङथेप र धनकुटाका निरन राईले समर्थन गरेका छन्। लिङथेप र राई दुबै एमालेकै सांसद हुन्। झापाबाट नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले पनि प्रस्तावमा समर्थन जनाएका थिए। तर उनले समर्थन फिर्ता लिएका छन्।

उक्त प्रस्तावप्रति असहमति जनाउँदै नेकपा एकीकृत समाजवादीका सांसद एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राई र जनता समाजवादीकी सांसद एवम् प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बूले अर्को प्रस्ताव दर्ता गरेका छन्।

राई र लिम्बूले दर्ता गरेको प्रस्तावमा प्रदेशको नाम 'किराँत-लिम्बुवान् सगरमाथा' प्रदेशको प्रस्ताव गरिएको छ।

कुल ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३ र राप्रपाका ६ सांसद छन्।  यसप्रकार कोसी प्रदेशका पक्षमा दुई तिहाइभन्दा बढी ८८ मत पर्ने देखिन्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell