काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ।
आज बसेको एन्फा कार्यसमिति बैठकले इटालियन नागरिक एनेसलाई पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षणमा नियुक्त गर्ने निर्णय गरेको हो।
एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो। एन्फालाई १६८ जनाले आवेदन पठाएकोमा २० जनालाई एन्फाको कमिटीले 'सर्टलिस्ट' गरेको थियो।
एनेससँगै युएफा प्रो लाइसेन्स सर्टिफिकेट छ। उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको मुख्य प्रशिक्षक भएर काम समेत गरेका छन्। ३८ वर्षीय एनेसले सन् २०१९ मा बेलेजको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिए।
यस्तै, बैठकले चैत ६ देखि १७ गतेसम्म 'प्रधानमन्त्री थ्रिनेसन्स कप' आयोजना गर्ने निर्णय गरेको छ। दशरथ रंगशालामा हुने सो प्रतियोगितामा नेपाल, भुटान र लाओस प्रतिस्पर्धामा उत्रनेछन्।
यस्तै, महिला र फुटसलको फ्रेन्चाइज प्रतियोतियोगिताको लागि सूचना जारी गर्ने, फुटसल लिग यसबै वर्ष संचालन गर्ने, जिल्ला लिग वैशाखबाट संचालन गर्ने निर्णय पनि गरिएको छ।
पढ्नुस एन्फा बैठकको निर्णय :