PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सेनाले पक्राउ गरेका दुई उच्च सैनिक अधिकारीलाई सर्वोच्चमा उपस्थित गराउन आदेश



पहिलोपोस्ट

सेनाले पक्राउ गरेका दुई उच्च सैनिक अधिकारीलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौंः सर्वोच्च अदालतले कोर्टमार्सल जारी रहेका अवकाशप्राप्त मेजर जनरल प्रेम शाहीलाई समर्थन गरेको अभियोगमा पक्राउ परेको दुई उच्च सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन नेपाली सेनालाई आदेश गरेको छ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तीन दिनभित्र लगाइएको अभियोगसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश गरेको हो। 

शाहीलाई सहयोग गरेको अभियोगमा सेनाले पक्राउ गरेका प्राड विवाकका प्रमुख सेनानी कुलदीप तिमिल्सिना र महासेनानी महेन्द्रजंग शाहलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो। 

थुनामा रहेको भन्दै शाह र तिमिल्सिनाको तर्फबाट मंगलबार सर्वोच्चमा रिट दायर भएको थियो। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार, कारणसहित म्याद सूचना प्राप्त भएका मितिले तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रतिवादी प्रेम शाही समेत भएको सैनिक विद्रोहको कसुर समेत गरेको भन्ने मुद्दाको मुख्य कागजातहरुको प्रमाणित प्रतिलिपि र बन्दीसहित लिखित जवाफ पेश गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसहित विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लगाएको रिट निवेदन साथै राखी पेस गर्नू।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell