PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

रुपन्देहीबाट साढे १४ लाख रुपैयाँ बराबरको कपडा र खाद्यान्न बरामद



पहिलोपोस्ट

रुपन्देहीबाट साढे १४ लाख रुपैयाँ बराबरको कपडा र खाद्यान्न बरामद

बुटवलः रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा ओसारपसार भइरहेको साढे १४ लाख रुपैयाँभन्दा बढीको कपडा र खाद्यान्न बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले १४ लाख ५७ हजार ९९० रुपैयाँ बराबरका कपडा र खाद्यान्न बरामद गरिएको बताए।

प्रहरीले मर्चवारी गाउँपालिका ७ श्रीरामपुरस्थित महादेव पाल र शिवनाथ भनिने सूर्यनाथ पालको घरबाट ३ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको ५० किलोको एक सय बोरा चामल बरामद गएको थियो। सिद्धार्थनगर नगरपालिका ७ बेलबाबा पथस्थित दिनेश पोखरेलको घरबाट तन्ना, साडी, सर्ट, टिसर्ट, पाइन्ट लगायत ८ लाख ५४ हजार बराबरका सामान बरामद गरेको थियो।

यस्तै कोटइमाई गाउँपालिका ३ नौडीहवामा बेवारिसे अवस्थामा रहेको भारतबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ९१ हजार ९९० रुपैयाँ बराबरको चामल र गहुँ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएका कपडा र खाद्यान्न बुधबार नै भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell