PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सुन प्रति तोला ३०० रुपैयाँ बढ्यो



पहिलोपोस्ट

सुन प्रति तोला ३०० रुपैयाँ बढ्यो

काठमाडौं : सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा बिहीबार स्थिर छ। बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रति तोला एक हजार २७० रुपैयाँ कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ। बिहीबार सुन प्रतिऔंस १८३४.२१ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १८३१ ३४ डलर थियो।

चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतिऔंस २१.०९ डलर रहेको चाँदी बिहीबार घट्दै २०.९५ डलरमा आइपुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell