PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

मधु आचार्यको नेतृत्वमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा नयाँ कार्यसमिति



पहिलोपोस्ट

मधु आचार्यको नेतृत्वमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा नयाँ कार्यसमिति

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको नेतृत्वमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा नयाँ कार्यसमिति चयन भएको छ। लोकतन्त्रका आधारभूत विषयहरुका बारेमा चिन्तन गर्नका लागि झण्डै एक दशकदेखि क्रियाशील यो संस्थामा यसअघि गणेशचन्द्र अधिकारी र डा इन्जिनियर कमल रिजालले नेतृत्व दिएका थिए।

तेस्रो कार्यकालका लागि कांग्रेस केन्द्रीय सदस्य आचार्यको नेतृत्वमा नयाँ कार्यससमिति बनेको हो। आचार्य यसअघि सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा उपाध्यक्ष थिए। केन्द्रको उपाध्यक्षमा संविधानसभा सदस्य प्रमिला राई, वरिष्ठ अघिवक्ता सिताराम केसी, प्राध्यापक डा विष्णुशंकर पौडेल छन्। त्यस्तै महासचिवमा डा परमेश्वर पोखरेल, सचिवमा खगेन्द्र आचार्य, कोषाध्यक्षमा डा राजकुमार राई छन भने सदस्यमा संविधानसभा सदस्य विमला नेपाली, कांग्रेस केन्द्रीय सदस्य कल्याणी रिजाल, इन्द्रनारायण श्रेष्ठ, डा मुन्नि शर्मा, इन्जिनियर मुन्नीलाल यादव, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र प्रभात आले सदस्य रहेका छन्। संस्थाका सल्लाहकारमा गणेशचन्द्र अधिकारी, डा कमल रिजाल, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, डा सुरेश चालिसे, डा मुक्ति श्रेष्ठ र पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell