PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

शीर्षक्रमको ब्याटिङमा नेपालको संघर्ष, यूएईलाई १ सय ९२ रनको लक्ष्य



पहिलोपोस्ट

शीर्षक्रमको ब्याटिङमा नेपालको संघर्ष, यूएईलाई १ सय ९२ रनको लक्ष्य
फाइल फोटो: आईसीसी/क्यान

काठमाडौँ: नेपाली यू १९ क्रिकेट टोलीले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ। यूएईस्थित इडेन गाडेन ओभलमा सम्पन्न खेलमा घरेलु टोलीलाई  नेपालले १९२ रनको चुतौती प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ५८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनायो। पहिलो बलमै ओपनर दीपक बोहोरालाई गुमाएको नेपालले अर्का ओपनर अर्जुन कुमाललाई पनि ३ रन बनाउँदै गुमायो। त्यस्तै तेस्रो विकेटका रुपमा आकाश त्रिपाठी ९ रनमा पभेलियन फर्कँदा धर्मराएको नेपालको पारिलाई कप्तान देव खनाल र उत्तम रंगु थापाले ८४ रनको साझेदारी गर्दै सम्हालेका थिए। खनालले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा मगरले ३६ रन बनाए। त्यस्तै विशालविक्रम केसीले ३८ रन र हेमन्त धामीले १३ रन बनाउँदा मिलन बोहोरा र दीपेश कँडेलले समान १० रन बनाए।

बलिङतर्फ यूएईका ध्रुव परासरले सर्वाधिक ३ विकेट लिँदा आयन अफ्जल खान र हरित हरिस सेट्टीले समान २ तथा हर्षित सेठ र अमर बदामीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell