PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

भियतनामको नयाँ राष्ट्रपति बने भान थुहङ



पहिलोपोस्ट

भियतनामको नयाँ राष्ट्रपति बने भान थुहङ
Photo : @VietnamNewsVNS

भियतनामको संसदले भो भान थुहङलाई नयाँ राष्ट्रपतिमा चयन गरेको छ। सत्तारुढ कम्युनिष्ट पार्टीले थुहङको नाम सिफारिस गरेपछि बिहीवार बसेको संसद बैठकले त्यसलाई स्वीकृत गरेको हो। उनको पक्षमा ४८८ जनामा ४८७ जनाले मतदान गरेका थिए।

राष्ट्रपति पद 'सेरोमोनियल' भए पनि भियतनामको मुख्य चार मध्ये यो एक प्रमुख पद हो। कम्युनिष्ट पार्टी भ्रष्टाचारका लागि आलोचित बन्दै गर्दा नेतृत्व परिवर्तन भएको हो। निर्वतमान राष्ट्रपति नुएन छाउ पुछ अनियमिततामा फसेपछि जनवरीमा उनलाई हटाइएको थियो।

राष्ट्रपति निर्वाचित भएपछि नयाँ राष्ट्रपति थहुङले आफू भ्रष्टाचारविरुद्ध लड्ने अभिव्यक्ति दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell