PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन रोयल ब्याङ्क्वेटमा ८ दलको अभिमुखीकरण तालिम

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन रोयल ब्याङ्क्वेटमा ८ दलको अभिमुखीकरण तालिम

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई तालिम दिन ८ दलका शीर्ष नेता कार्यक्रमस्थलमा छन्।

कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गर्नेछन्। पौडेललाई सत्तारुढ दलले राष्ट्रपतिको उम्मेदवार बनाएपछि सत्तारुढ दलले राष्ट्रपति निर्वाचन अभियान परिचालन संयन्त्र बनाएको थियो।

सोही संयन्त्रको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो। एमालेले भने उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा माओवादीले पौडेललाई सघाउने भएपछि एमाले सरकारबाट बाहिरिसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell