काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको खेलमा घरेलु टोली यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २०७ रन बनाएको हो।
दुबई इन्टरनेशनल स्टेडियममा सुरुवाती ब्याटिङमा उत्रिएको यूएईका ओपनर मोहम्मद वसीमलाई पहिलो ओभरमै करण केसीले बोल्ड आउट गरेका थिए। त्यस्तै उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारि खेलेका आशिफ खानलाई सन्दीप लामिछानेले केसीको हातबाट क्याच आउट गराए। उनी ३५.३ ओभरमा ७२ रन बनाएर आउट भए। त्यस्तै कप्तान सीपी रिजवानले २२ तथा बृत्य अरबिन्दले १८ रन बनाउँदा आर्यन लार्का २८ रनमा लामिछानेबाट बोल्ड आउट भए। अर्धशतकीय पारि खेलेका मुस्तफा ५२ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेल १० ओभरमा मात्र २७ रन दिएर सर्वाधिक ३ विकेट लिए। त्यस्तै आरिफ शेख, कुशल मल्ल र करण केसीले समान १/१ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।