PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

राष्ट्रपति निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा माधव नेपाल : राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ



पहिलोपोस्ट

राष्ट्रपति निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा माधव नेपाल : राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदका उम्मेदवार राष्ट्रिय हित र संविधानको रक्षार्थ उभिनुपर्ने बताएका छन्।

सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेपालले आफूले राष्ट्रि हितको पक्षमा उभिने व्यक्ति राष्ट्रपति बन्नुपर्ने मत राखेको बताएका हुन्।

'राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्ट पार्नु आवश्यक छ। राष्ट्रिय हित प्रवर्द्धन गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राख्नु पर्‍यो। संविधानको रक्षा गर्ने संरक्षण गर्ने कुरालाई  केन्द्रविन्दुमा राख्नुपर्‍यो भनेर मैले भनेको छु,' उनले भने।

नेपालले आफू पौडेलको प्रस्तावकसमेत भएको भन्दै राष्ट्र सामु देखिएका चुनौतीको समाधान निकाल्ने बारेमा पनि धारणा राखेको बताए।

'राष्ट्रका अघि अनेकौं समस्यमहरु आइपुगेका छन्। ती सबै चुनौतीमा ध्यान जानु पर्‍यो। सबै राजनीतिक श्कितलई एकताबद्ध बनाउन लग्नु पर्‍यो। उहाँको विजयको शुभकानमना दिन चाहन्छु,' नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell