PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नयाँ गठबन्धनको आयू कति? प्रचण्डको जवाफ : पाँच वर्ष चल्छ, पाँच वर्ष



पहिलोपोस्ट

नयाँ गठबन्धनको आयू कति? प्रचण्डको जवाफ : पाँच वर्ष चल्छ, पाँच वर्ष

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको गठबन्धनको आयू पाँच वर्ष लामो हुने बताएका छन्। राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन सत्तारुढ ८ दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले उक्त भनाई राखेका हुन्।

राष्ट्रपतिका लागि एमालेसँगको सहकार्य तोडेर माओवादी अहिले कांग्रेससँगको गठबन्धनमा जुटेको छ। यो गठबन्धन पनि लामो समय नटिक्ने चर्चा चलेको उल्लेख गर्दै सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई सोधे : यो गठबन्धन कति समयसम्म चल्छ। 'पाँच वर्ष चल्छ, पाँच वर्ष,' प्रचण्डले भने। राष्ट्रपतिको लागि २५ गते निर्वाचन हुँदैछ। एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई आफ्नो उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell